+
+
Shares

एक वर्षमा झन्डै १४ सय किलो सुन आयात, १७ अर्ब लागत

सुन आयातका माध्यमबाट सरकारले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार बराबर राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांक छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १६:०१

६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वैधानिक माध्यमबाट झन्डै १ हजार ४ सय किलो सुन आयात भएको छ ।

भन्सार विभागका अनुसार यस आवमा १३ लाख ८९ हजार ५ सय १६ ग्राम सुन आयात भएको हो । जसको लागत १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबर छ ।

सुन आयातका माध्यमबाट सरकारले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार बराबर राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांक छ ।

यस वर्ष १८ खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा सुन पहिलो १५ वस्तुभित्र परेको छ । पहिलो स्थानमा डिजेल छ । दोस्रो स्थानमा सोयाबिन तेल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?