News Summary
Generated by OK AI. Editorially reviewed.- क्वालिटी काठमाडौं स्कूल्सले क्यूकेएस इन्टर स्कूल क्रिकेट प्रतियोगिता आयोजना गर्नेछ।
- प्रतियोगितामा १६ टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट संरचनामा खेलाइनेछ
- प्रतियोगिताको बजेट करिब १० लाख रुपैयाँ रहनेछ।
६ साउन, काठमाडौं । क्वालिटी काठमाडौं स्कूल्स (क्यूकेएस) ले पहिलोपटक आयोजना गर्न लागेको ‘क्यूकेएस इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ आगामी मंसिरमा हुने भएको छ । प्रतियोगिता मंसिर ४ अर्थात् नोभेम्बर २० देखि सुरु हुनेछ। प्रतियोगिता काठमाडौंको धुम्बाराही क्रिकेट मैदानमा हुनेछ।
यो प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा क्रिकेटप्रतिको रुचि अभिवृद्धि गर्नु, स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्नु र प्रतिभाशाली खेलाडीहरूलाई प्लेटफर्म उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने १६ टिमलाई ४ समूहमा विभाजन गरिनेछ। लिग कम नकआउट संरचनामा खेलाइने प्रतियोगिताबाट प्रत्येक समूहका शीर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन्।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले मात्र खेल्न पाउने छन्। ड्युस बलको प्रयोग गरेर हुने खेल १० ओभरको हुनेछ भने प्रतिदिन ४ खेल खेलाइनेछ।
पुरस्कारतर्फ विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले पनि ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै, उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कार पनि दिइनेछ ।
क्वालिटी स्कूलका प्रिन्सिपल दिलीप राना मगरले भने, ‘यो प्रतियोगिता जित्ने भन्दा पनि विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको हो। त्यसैले हामी पुरस्कार राशिभन्दा पनि खेलमै ध्यान केन्द्रित गरेका छौं।’
उनका अनुसार प्रतियोगिताको अनुमानित बजेट करिब १० लाख रुपैयाँ रहनेछ। खेलका अम्पायरको जिम्मेवारी रविन्द्र गुप्ताले सम्हाल्नेछन्।
प्रतिक्रिया 4