+

क्यान र कुवेत क्रिकेट संघबीच द्वीपक्षीय शृंखला गर्ने सम्झौता

२०८२ साउन  ६ गते २०:४० २०८२ साउन ६ गते २०:४०
क्यान र कुवेत क्रिकेट संघबीच द्वीपक्षीय शृंखला गर्ने सम्झौता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघ र कुवेत क्रिकेट बोर्डबीच सन् २०२६ देखि वार्षिक कम्तीमा ३ टी-२० आई र एकदिवसीय खेल गर्ने सम्झौता भएको छ।
  • सम्झौताअनुसार दुवै देशले प्रत्येक वर्ष दुईपक्षीय क्रिकेट शृंखला आयोजना गर्ने सहमति गरेका छन्।
  • क्यान अध्यक्ष चतुरबहादुर चन्दले यो सम्झौताले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय अनुभव बढाउने बताए।

६ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्ड (केसिबी) बीच द्वीपक्षीय क्रिकेट शृंखला गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सन् २०२६ देखि सुरु हुने गरी पुरुष र महिला क्रिकेट टोलीका बीचमा वार्षिक कम्तीमा ३ टी-२० आई खेल र थप एकदिवसीय खेलहरू पनि खेलिने छन् ।

दुवै देशले प्रत्येक वर्ष दुईपक्षीय शृंखला आयोजना गर्ने सहमति भएको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले चार वर्षसम्मका लागि सम्झौता भएको जानकारी दिए ।

‘नेपाली क्रिकेटको विकासका लागि दुई राष्ट्रबीच वार्षिक रुपमा शृंखलाहरू गर्ने गरी सहमति भएको हो, पहिल्यैदेखि छलफल भएको थियो र अहिले सम्झौता भएको छ’ चन्दले भने ।

यो सम्झौता एसियाली क्षेत्रका एसोसिएट राष्ट्रबीच अन्तर्राष्ट्रिय अनुभव बढाउने र प्रतिस्पर्धात्मक क्रिकेटलाई प्रोत्साहन दिने महत्वपूर्ण पहल मानिएको छ।

यस सहकार्यले नयाँ खेलाडीका लागि अवसर सिर्जना गर्ने मात्र होइन, दुबै देशबीचको सांस्कृतिक र खेलकुद सम्बन्धलाई पनि मजबुत बनाउने अपेक्षा गरिएको छ।

नेपाल र कुवेत दुवै टोली आगामी टी-२० विश्वकप एसिया क्षेत्रीय छनोटमा एउटै समूहमा रहेका छन् ।

पुरुषतर्फ टी-२०आई वरियतामा नेपाल १८औं स्थानमा छ भने कुवेत २३औं स्थानमा छ । महिलातर्फ नेपाल २१औं स्थानमा छ भने कुवेत ४६औं स्थानमा छ ।

कुवेत क्रिकेट द्वीपक्षीय साझेदारी नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय