News Summary
Generated by OK AI. Editorially reviewed.- एरिका गुरुङ र अञ्जना राना मगरलाई मध्यपुरस्थित इनर ह्वील क्लबले २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ।
- इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टी श्रेष्ठ प्रजापतीले खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु गौरवको विषय रहेको बताइन्।
- सम्मानित खेलाडीहरूले निजी स्तरबाट हुने यस्ता सम्मानले देशका लागि अझ समर्पित भएर खेल्न उर्जा मिल्ने बताउँदै आयोजकलाई धन्यवाद दिएका छन्।
६ साउन, काठमाडौं । एसियाली खेलकुदकी रजत विजेता कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना राना मगर मंगलबार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मानित भएका छन् ।
कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण तथा एसियन च्याम्पियनसिपमा रजत जितेकी कराते स्टार एरिका र फुटबलकी युवा गोलकिपर अञ्जनालाई मध्यपुरस्थित इनर ह्विल क्लबले २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेबापत दुवै खेलाडीलाई डा. सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टी श्रेष्ठ प्रजापतीले खेलाडीलाई सम्मान गर्दै खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु आफ्नै लागि पनि गौरवको विषय रहेको बताइन् ।
उनले आगामी वर्षहरुमा पनि यस्ता उदाहरणीय खेलाडीलाई सम्मानित गर्ने क्रमलाई अझ व्यापक बनाउँदै लाने प्रतिबद्धता जनाइन ।
सम्मानित हुने दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरुलाई देशका लागि अझ समर्पित भएर खेल्न उर्जा मिल्ने बताउँदै आयोजकलाई धन्यवाद दिए ।
प्रतिक्रिया 4