News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले माल्दिभ्समा भइरहेको काभा च्याम्पियन्स लिगको अन्तिम खेलमा श्रीलंका पोर्ट अथुरिटीलाई ३-० को सेटमा पराजित गरेको छ ।
- हेल्प नेपालले ५ मध्ये ४ खेल जितेर ११ अंक जोडेको भए पनि अंक रेसियोमा पछि परेर तेस्रो स्थानमा रहँदा फाइनल प्रवेश गर्न असफल भएको छ ।
- हेल्प नेपालले बुधबार तेस्रो स्थानको खेलमा पोर्ट अथुरिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
६ साउन, काठमाडौं । माल्दिभ्समा भइरहेको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले लिग चरणको अन्तिम खेलमा श्रीलंकाको श्रीलंका पोर्ट अथुरिटीलाई सोझो सेटमा पराजित गरेको छ । यद्यपी लिगको अन्तिम खेल जितेर पनि हेल्प नेपाल फाइनल प्रवेश गर्न भने असफल भएको छ ।
मालेस्थित सोलस सेन्टर हलमा मंगलबार राती भएको खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले श्रीलंका पोर्ट्सको टोलीलाई ३-० को सेटमा हराएको हो ।
एकपक्षिय जस्तै बनेको खेलमा हेल्प नेपालले पोर्ट अथुरिटीलाई २५-१६, २५-२२, २५-२३ को सेटमा हरायो ।
६ टिम सहभागि प्रतियोगितामा हेल्प नेपालले ५ मध्ये ४ खेल जितेको हो ।
हेल्प नेपालले कीर्गिस्तानको बिस्केक-कीर्गिस्तान समान ११ अंक जोडेको थियो । सेटको जित हार अन्तर पनि बराबर थियो । तर अंक रेसियोमा बिस्केसँग पछि परेपछि हेल्प नेपाल तेस्रो भएको हो । हेल्प नेपालले अब तेस्रो स्थानको लागि बुधबार हुने खेलमा पोर्च अथुरिटीसँगै खेल्नेछ ।
मंगलबार बिस्केकलाई सोझो सेटमा पराजित गरेको काजखस्तानको जाएक १३ अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुगिसकेको छ ।
हेल्प नेपालले यसअघि मालदिभ्सको धिवेही सिफाइन्स र एचडीसीलाई हराएको थियो भने बिस्केकसँग पराजित भएको थियो । पछिल्लो खेलमा हेल्प नेपालले कजाकस्तानको जायकलाई हराएको थियो ।
प्रतिक्रिया 4