
७ साउन, काठमाडौं । अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्रालिमार्फत हेटौंडामा नयाँ ‘लजिस्टिक्स सेन्टर’ सुरु गरेको छ भने अग्नि इन्कर्पोरेटेड प्रालिमार्फत महिन्द्राका २ नयाँ गाडी ‘महिन्द्रा बोलेरो नियो एसयूभी’ र ‘महिन्द्रा जीओ ईभी’ पनि एकसाथ सार्वजनिक गरेको छ ।
बुधबार हेटौंडामा सम्पन्न विशेष ‘लजिस्टिक्स उद्घाटन तथा प्रडक्ट लन्च समारोह’ मार्फत नयाँ ‘लजिस्टिक्स सेन्टर’ शुभारम्भ तथा गाडीहरूको सार्वजनिकीकरण गरिएको हो ।
समारोहमा बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, उपाध्यक्ष वेदासताषा श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका नेपाल, भुटान र बंगलादेशका लागि क्षेत्रीय प्रबन्धक चैतन्य कागलकरद्वारा अग्नि ग्रुपका विशेष पदाधीकारीहरू, महिन्द्रा एन्ड महिन्द्राका विशेष पदाधीकारीहरू, नेपालका लजिस्टिक्स विशेषज्ञ लगायत उपस्थित थिए ।
बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले ताम्रपत्र अनावरण गरी लजिस्टिक्स सेन्टर उद्घाटन गरे ।
महिन्द्राका दुई नयाँ सवारीसाधन महिन्द्रा जिओ र महिन्द्रा बोलेरो नियो पनि नेपालमा सार्वजनिक गरिएको छ ।
महिन्द्राको नयाँ एसयूभी महिन्द्रा बोलेरो नियोमा १४९३ सीसीको एमहक १०० बीएसभीआई इन्जिन, थर्ड जेनेरेसन स्कोर्पियो च्यासिस, ३८४ लिटरको फराकिलो बुट स्पेस, ७ सिटर कन्फिगरेसन तथा प्रिमियम इटालियन लेदर इन्टेरियरले छ ।
यो सुविधाले व्यावसायिक, निजी पारिवारिक, हरेक यात्रालाई अझै आरामदायी र सुविधाजनक बनाउँछ ।
‘सहयात्री तपाईंको, हरेक यात्राको’ नारासहित सार्वजनिक गरिएको महिन्द्रा बोलेरो नियो बहुउपयोगी एसयूभी हो । नेपाली भूगोलका लागि निर्मित महिन्द्रा बोलेरो नियोले महिन्द्रा बोलेरोको वर्षौंदेखिको विश्वास कायम गर्दै व्यक्ति तथा व्यवसायीलाई हरेक यात्रामा सहयात्रीका रूपमा साथ दिन्छ ।
त्यसैगरी महिन्द्रा लास्ट माइल मोबिलिटी अन्तर्गत नयाँ महिन्द्रा जीओ २ फरक भेरिएन्टमा सार्वजनिक गरिएको छ ‘ईभी डेलिभरी भ्यान’ र ‘ईभी पिकअप’ ।
महिन्द्रा जीओ व्यावसायिक प्रयोजनका लागि तयार पारिएको विद्युतीय गाडी हो । ‘अघि बढ्छ व्यवसाय बिजुलीको गतिमा, जब छ महिन्द्रा जीओ तपाईंको साथमा’ भन्ने नारासहित सार्वजनिक गरिएको यो सवारीसाधनमा ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर, एकै चार्जमा १ सय ६० किलोमिटर रेन्ज र ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको ब्याट्री वारेन्टीले यसलाई व्यावसायिक प्रयोगकर्ताका लागि भरपर्दो र किफायती विकल्पका रूपमा प्रस्तुत गरेको छ । कम सञ्चालन लागतमा सहरभित्र दैनिक खाद्यान्न, खानेपानी, तरकारी आदि उपभोग्य वस्तु डेलिभरी गर्न महिन्द्रा जीओ उपयुक्त विकल्प हो ।
अग्नि लजिस्टिक्सका लजिस्टिक्स सेन्टर काठमाडौं महानगरपालिका–१५ सानोभर्याङ, हेटौंडा उपमहानगरपालिका–७ न्युरेनी, इटहरी उपमहानगरपालिका–१ आँपगाछी र भैरहवा नजिक रुपन्देही ओमसतिया गाउँपालिका–४ बसन्तपुर गरी देशभरि चार स्थानमा छन् । कम्पनीका सबै लजिस्टिक्स सेन्टर राजमार्ग तथा विमानस्थल नजिक पहुँच भएको र प्रदेशका मुख्य व्यापारिक क्षेत्रमा पर्दछन् ।
कस्ता विशेषता छन् अग्निका लजिस्टिक्स सेन्टरमा ?
नेपाली व्यवसायहरूको मेरुदण्डका रूपमा काम गर्दै, उन्नत र कार्यकुशल (इफिसिएन्ट) लजिस्टिक्स सुविधा ग्राहक नजिक पुर्याउने प्रतिबद्धतालाई पूर्णता दिँदै सुरु गरिएको नयाँ लजिस्टिक्स सेन्टर तथा वेयरहाउस अत्याधुनिक पूर्वाधारले भरिपूर्ण छ ।
काठमाडौंको लजिस्टिक्स सेन्टरले १७ हजार ६ सय ५० वर्गफिट क्षेत्रफल ओगटेको छ जुन १० वटा भलिबल कोर्ट बराबर हो । उक्त क्षेत्रफलमा १ सय १८ वा प्यालेट पोजिसन रहेको छ जसमा ५ सय ७६ वटा लङस्प्यान सेल्भिङ सुविधा सहित कुल भण्डारण क्षमता ९ सय ७७ घनमिटर छ ।
त्यसैगरी हेटौंडास्थित लजिस्टिक्स सेन्टरमा कुल ३३ हजार १ सय ६७ वर्गफिट क्षेत्रफलमा २ हजार २ सय घनमिटरको कुल भण्डारण क्षमता, १ हजार ५० वटा प्यालेट पोजिसन र ४ सय ३२ वटा लङस्प्यान सेल्भिङ सुविधा छ ।
त्यसैगरी भैरहवास्थित लजिस्टिक्स सेन्टरमा कुल ३७ हजार ६ज सय ६२ वर्गफिट क्षेत्रफल छ जुन २१ वटा भलिबल कोर्ट बराबर हो । उक्त क्षेत्रफलमा २ हजार ४ सय ९८ घनमिटरको कुल भण्डारण क्षमता उपलब्ध छ । जसमा ६ सय ६ वटा प्यालेट पोजिसन र १ हजार ४ सय ५ वटा लङस्प्यान सेल्भिङ सुविधा छ ।
उता, इटहरीको लजिस्टिक्स सेन्टर कुल ७ हजार २ सय ७२ वर्गफिट क्षेत्रफलमा ३ सय ८० घनमिटरको कुल भण्डारण क्षमता उपलब्ध छ जसमा ९५ वटा प्यालेट पोजिसन र ३ सय वटा लङस्प्यान सेल्भिङ छ ।
अग्नि लजिस्टिक्सको सम्पूर्ण काम अत्याधुनिक र विश्वस्तरको लजिस्टिक्स तथा सुरक्षा मापदण्डमा सञ्चालन गरिन्छ । लजिस्टिक्स सेन्टरमा सामग्री नाप्न–जोख्न, ओसारपसार र व्यवस्थापन गर्न तालिमप्राप्त दक्ष जनशक्ति, फोर्कलिफ्ट, प्यालेट स्ट्याकर, पावर्ड प्यालेट ट्रक, ह्यान्ड प्यालेट ट्रकजस्ता उपकरण व्यवस्था गरिएको छ ।
सामग्रीको सुरक्षामा ध्यान दिँदै लजिस्टिक्स सेन्टरले चौबिसै घण्टा सीसीटीभी निगरानी, स्मोक डिटेक्टर, फायर हाइड्रेन्ट्स र फायर एक्सटिङग्विसर आदि व्यवस्था गरेको छ । साथै, डिजिटल युगको आवश्यकता ध्यानमा राख्दै डिजिटल लाइभ इन्भेन्टरी ड्यासबोर्ड, डिजिटल इन–आउट र भुक्तानी हिस्ट्री आदि सुविधा पनि छ ।
विभिन्न दस्तावेज भण्डारण गर्न क्लाइमेट–पेस्ट–कन्ट्रोल, र चौबिसै घण्टा सुरक्षा र सर्भेलेन्स सहित विकेन्द्रिकृत भण्डारण सुविधा छ । त्यसैगरी देशका हरेक कुनामा ढुवानी सम्भव हुने गरी कम्पनीले जनरल क्यारियर, बाइक क्यारियर, प्लेटफर्म ट्रक, क्रेन–माउन्टेड ट्रक वा बोलेरो पिकअप जस्ता क्यारियर आदिद्वारा इन्टरसिटी (एक सहरदेखि अर्को सहर) र इन्ट्रासिटी (सहरभित्र) छिटो र भरपर्दो डेलिभरी सेवा प्रदान गर्दछ ।
यस अन्तर्गत दक्ष र अनुभवी ड्राइभरसहित रियल टाइम ‘जीपीएस’ ट्र्याकिङ सुविधाको व्यवस्था छ । कम्पनीले विभिन्न प्रकारका ग्राहकलाई थ्रि–पीएल सेवा अन्तर्गत खरिद (प्रोक्योरमेन्ट), लजिस्टिक्स, भन्सार क्लियरेन्स, भेन्डर व्यवस्थापन, इम्पोर्ट–एक्स्पोर्ट डकुमेन्टेसन तथा अन्य भ्यालु–एडेड सेवा लगायत प्रदान गर्दै आइरहेको छ ।
वेयरहाउस अन्तर्गत सवारीसाधन तथा अटोपार्ट्स्को गोदाम व्यवस्थापन, फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी), ई–कमर्स आदि मालसामान ‘पिकअप, प्याकिङ, सिपिङ, सामान–फिर्ता व्यवस्थापन लगायत सेवा प्रदान गर्दछ । कम्पनीले आफ्नो लजिस्टिक्स सेन्टरहरूमा ‘पीडीआई’ (प्रि–डेलिभरी–इन्स्पेक्सन) प्रणाली अवलम्बन गर्दछ जसले यस सेन्टरबाट वितरण हुने प्रत्येक मालसामानको गुणस्तरलाई विभिन्न बुँदामा जाँच गर्दै सुरक्षा र सही डेलिभरी सुनिश्चित गर्दछ । यिनै सुविधा, संरचना र प्रतिबद्धता सहित अग्नि लजिस्टिक्सले नेपालमा लजिस्टिक्सको गुणस्तरमा नयाँ मापदण्ड स्थापित गरेको जनाएको छ ।
प्रतिक्रिया 4