
फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली सेनाले गाजा सहरको अल बुरेज शरणार्थी शिविर र राफाह सहरमा हवाई आक्रमण गर्दा १९ प्यालेस्टिनीको मृत्यु र दर्जनौं घाइते भएका छन्।
- गाजा सहरको उत्तरपश्चिमी भागमा इजरायली लडाकु विमानले एउटा घरलाई निशाना बनाई छ जना बालबालिकासहितको परिवारको मृत्यु भएको छ।
- गाजा सहरको अल जायतुनमा सालाह अल दिन मस्जिद पछाडिको घरमा भएको हवाई आक्रमणबाट पनि मानिसहरू घाइते भएका छन्।
७ साउन, गाजा । इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको अल बुरेज शरणार्थी शिविर र दक्षिणको राफाह सहरमा हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ ।
गाजा सहरको उत्तरपश्चिमी भागमा इजरायली लडाकु विमानले एउटा घरलाई निशाना बनाई आक्रमण गरेपछि छ जना बालबालिकासहित उनीहरुको मृत्यु भएको र अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।
स्थानीय स्रोतले बताएअनुसार इजरायली लडाकु विमानले गाजा सहरको उत्तरपश्चिमस्थित आवासीय घरमा प्रहार गरेको बम घटनास्थलमा पुगेको एम्बुलेन्समा लागेपछि ठूलो सङ्ख्यामा मानिसहरुको आक्रमणको सिकार भएको जनाइएको छ ।
गाजा सहरको दक्षिणपूर्वी भागमा रहेको अल जायतुनमा रहेको सालाह अल दिन मस्जिद पछाडिको घरमा भएको अर्को हवाई आक्रमणबाट पनि मानिसहरू घाइते भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4