+
+
Shares

भक्तपुरमा ‘भूत’ भगाएर मनाइयो गठेमंगल पर्व (तस्वीरहरू)

पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ साउन ७ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाएका छन्।
  • गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ र यसलाई भूत भगाउने पर्वको रुपमा चिनिन्छ।
  • युवाहरुले साँझ आँगो बालेर घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर खोला किनारमा पुर्‍याएर अन्त्येष्टि गर्ने परम्परा छ।

७ साउन, भक्तपुर। काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाएका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ ।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न टोलटोलमा युवाहरु जम्मा भई साँझ आँगो बालेर भूत भगाउने गर्छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ ।

यसअघि आज बिहान उपत्यकाका विभिन्न टोलटोलमा बिहानै स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औंठी लगाएका थिए। साथै बिहानदेखि काठमाडौंको असन र इन्द्रचोकमा फलामको औंठी किन्‍नेको चहलपहल बढेको थियो ।

किंवदन्ती अनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव थियो । त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो । उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैं कानमा घण्टी झुन्ड्याएर हिंड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो ।

त्यसले दोबाटोमा ढुकेर बटुवासँग पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्थ्यो । उसको गतिविधिबाट सर्वसाधारण मानिस आतङ्कित थिए। एकदिन घण्टाकर्ण मर्यो, ऊ मरेपछि खुसियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रही आएको छ ।

त्यसैले श्रावण कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर गरी फलामको औंठी लगाउने तथा हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा राखिन्छ।

हेर्नुस् तस्वीरहरू :

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?