+
+
Shares

३ संसदीय समिति बैठक बस्दै, यस्तो छ कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।
  • अन्तरराष्ट्रिय सम्बन्ध समितिले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल गर्नेछ।
  • विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने र प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन पारित गर्ने कार्यसूची छ।

८ साउन, काठङ्गाडौं । आज तीन वटा संसदीय समितिका बैठकसमेत बस्दैछन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापनको बैठक बस्दैछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।

प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?