+
+
Shares

‘संसद् जनताको भरोसा होइन, सत्ताको थिएटर बन्न पुगेको छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १६:५४

८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले संसद्‍मा सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद घर्ती मगरले संसद् सिंहदरबारको कार्यालय सत्र जस्तै बनेको टिप्पणी गरे । प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गर्दा पनि सभामुखले एक पक्ष ढंगले सदन चलाउने प्रयास गर्नु सदनको अपमान भएको उनले बताए ।

सभामुखको अनुपस्थितिमा सभामुखको कुर्सीबाट गरिने नाटकको रियलसल जस्तो दृश्यहरूले संसद्‍को गरिमालाई झनै कमजोर बनाएको उनको टिप्पणी छ ।

उनले भने, ‘संसद् जनताको भरोसा होइन, सत्ताको थिएटर बन्न पुगेको छ ।’

देशमा बाढीपहिरोबाट हजारौ| नागरिक विस्थापित छन् तर सरकारको तर्फबाट उद्धार र राहतलाई लिएर कुनै ठोस कार्ययोजना प्रस्तुत नभएको उनको भनाइ थियो ।

‘विशेष त तराई र ग्रामीण क्षेत्रमा पिउने पानीको चरम संकट छ । मिटर ब्याज पीडित सहकारी पीडितहरू न्यायको पर्खाइमा छन् तर सरकार कानमा कान हालेको भेषमा मौन छ,’ उनले भने ।

निजामती विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी भएको हेराफेरी संसदीय छानबिन समिति बनेर छानबिन गरिरहेकै समयमा राष्ट्रिय सभामा एमाले संसद्‍बाट कुलिङ पिरियड हटाउने संशोधन प्रस्ताव दर्ता हुनु र त्यसमा सरकारको मौन रहनुले सरकारको योजनाबद्ध चलखेलको अश्लियत उदाङ्गो भएको उनको भनाइ छ ।

‘संघीयता कार्यान्वयन गर्ने कानुन बन्नु त परको कुरा पहिले भएका कानुन कारण नै भएका छैनन् । संघीयता एकै पटक संघ को विषय मात्र बनेर होइन प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने विधि श्रृंखला हो, तर त्यसमा सरकारले प्रतिबद्धता देखाउन सकेको छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?