News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले ३८औं आईएसटीएफ विश्व च्याम्पियनसिपमा मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको छ।
- मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए।
- थाइल्यान्डमा भइरहेको प्रतियोगिताको पुरुष रेगुमा नेपालले चाइनिज ताइपेईंबाट रजत पदक प्राप्त गरेको छ।
८ साउन, काठमाडौं । नेपालले ३८औं आईएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीबार १ स्वर्ण र १ रजत जितेको छ । नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन् ।
मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए । चाइनिज ताइपेईं दोस्रो र बंगलादेश तेश्रो भए ।
थाइल्यान्डमा भइरहेको प्रतियोगिताको रेगुमा रोशन, पदम र राजनसहित सुजन थिङ र सनम पुर्जा मगरले खेलेका थिए । चाइनिज ताइपेईंले स्वर्ण जित्यो ।
प्रतिक्रिया 4