+
+
Shares

बागमतीका चार मन्त्रीले दिए राजीनामा

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८२ साउन ९ गते १४:४३

९ साउन, हेटौंडा । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।

युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

स्रोतका अनुसार, मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । जसको ड्राफ्ट तयार भइसकेको छ । उक्त ड्राफ्ट तयार गरेर प्रस्ताव दर्ता गर्ने तयारी रहेको स्रोतले अनलाइनखबरलाई बताएको छ ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?