+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुर्खेतबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १७:४३

९ साउन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–३ का २९ वर्षीये कमल कार्की, दैलेखको दुल्लु नगरपालिका–६, घर भई हाल वीरेन्द्रनगर ३ बस्दै आएका २१ वर्षीय ध्वनिल मल्ल र कमलबजार नगरपालिका‐८, घर भई हाल वीरेन्द्रनगर‐९ लाटीकोइलीमा बस्दै आएका २५ वर्षीय आर्यन शाह रहेका छन् ।

वीरेन्द्रनगरका दुई फरक-फरक ठाउँबाट बिहीबार बेलुका उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार आर्यन शाहको कोठा खानतलासी गर्दा तीन ग्राम सात सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

यसैगरी वीरेन्द्रनगर‐३ मा शंकास्पद अवस्थामा रहेका कार्की र मल्लको शरीर खानतलासी गर्दा २४३ ट्याब्लेट नाइट्राजेपाम बरामद भएको उनले बताए।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?