
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मोहर'को ट्रेलर सार्वजनिक भएको २४ घन्टामै युट्युबमा साढे ४ लाखभन्दा बढी भ्यूज मिलेको छ।
- ट्रेलर नेपालसहित मलेसिया, जापान, यूएइ र कतारमा युट्युब चार्टमा ट्रेन्डिङमा परेको छ।
- फिल्म साउन २३ गते रिलिज हुँदैछ र देउकी प्रथाको कथा भन्छ।
काठमाडौं । फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै युट्युबमा साढे ४ लाखभन्दा बढी भ्यूज मिलेको छ ।
युट्युबले ट्रेन्डिङको अफिसियल पृष्ठ हटाएपनि ‘युट्युब चार्ट’मा भने ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशको ट्रेन्डिङमा समेत परेको छ । ‘युट्युब चार्ट’को युट्युबको मूभी ट्रेलर सेक्सन अन्तर्गत यो फिल्मको ट्रेलर नेपालमा २ नम्बरमा छ ।
मलेसियामा १७, जापानमा २७, यूएइमा १८, कतारमा ५ नम्बरमा यो ट्रेलरले ट्रेन्डिङ गरिरहेको छ । २० हजार बढी लाइक पाएको ट्रेलरले ३ हजार ४ सय भन्दा बढी प्रतिक्रिया युट्युबमा पाएको छ । अधिकांश प्रतिक्रिया सकारात्मक छन् ।
चुम्बनजंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारको अभिनय छ ।
साउन २३ गतेबाट रिलिजमा आउने यो फिल्मले देउकी प्रथाको कथा भन्छ । फिल्मको ट्रेलरमा प्रेम, विछोड, सस्पेन्स, थ्रील समावेश छ । साथै, फिल्मले दर्शकलाई भावनामा बगाउने समेत देखिन्छ ।
सामाजिक संजाल टिकटकमा पनि फिल्मको ट्रेलरले उत्कृष्ट समीक्षा पाइरहेको छ । ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र दर्शकको उत्साहका कारण बक्सअफिसमा फिल्मले सुखद कमाई गर्ने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया 4