News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको चौथो टी-२०आईमा ३ विकेटले जित हासिल गरेको छ।
- अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेट गुमाएर २०६ रनको लक्ष्य पूरा गरेको हो।
- अस्ट्रेलियाले ५ खेलको शृंखलामा ४-० को अग्रता बनाएको छ।
११ साउन, काठमाडौं । अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलामा लगातार चौथो जित हासिल गरेको छ । आइतबार विहान भएको चौथो टी-२०आईमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले हराएको हो ।
वेस्ट इन्डिजले दिएको २०६ रनको लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका लागि क्यामरन ग्रीनले ३५ बलमा अविजित ५५ रन बनाए । जोश इङ्लिसले ३१ बलमा १० चौका र १ छक्कासहित ५० रन बनाए । ग्लेन म्याक्सवेलले १८ बलमा १ चौका र ६ छक्कासहित ४७ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेडिया ब्लेडले ३ विकेट लिँदा रोमारियो शेपहर्ड, अकिल होसेन र जेसन होल्डरले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर २०५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि शेरफन रदरफोर्डले सर्वाधिक ३१ रन बनाए । रोभमान पावेल र रोमारियो शेपहर्डले समान २८ रन बनाए । जेसन होल्डरले २६ रन बनाए ।
अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए भने आरोन हार्डी, शन एबट र जेभियर बार्टलेटले समान २ विकेट लिए ।
जितसँगै ५ खेलको शृंखलामा अस्ट्रेलियाले ४-० को अग्रता बनाएको छ ।
प्रतिक्रिया 4