
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म निर्देशक किरण नेपालीले सामाजिक संजालका कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरी र एलिजे जमालीलाई अभिनय प्रस्ताव राखेका छन्।
- आयुष र एलिजेले अभिनय प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएका छन् र केही दिनमा लिखित सम्झौताको तयारी भइरहेको छ।
- किरण नेपालीले निर्देशकको रुपमा डेब्यु गर्ने फिल्ममा ४ जना हिरो र ३ जना हिरोइन रहनेछन् र अन्य कलाकारको टुंगो चाँडै लाग्नेछ।
काठमाडौं । सामाजिक संजालका ‘कन्टेन्ट क्रिएटर’ आयुषसिंह ठकुरी र एलिजे जमालीले फिल्म अभिनयमा डेब्यू गर्ने अपेक्षा गरिएको छ ।
फिल्म निर्देशक तथा निर्माता किरण नेपालीले शनिबार यी दुई जोडीलाई अभिनय प्रस्ताव राखेका थिए । प्रस्तावमा आयुष र एलिजे सकारात्मक देखिएको र केही दिनमा औपचारिक सम्झौताको तयारी रहेको नेपालीले अनलाइनखबरलाई जानकारी दिए ।
‘उहाँहरूलाई प्रस्ताव राखेका थियौं । सकारात्मक हुनुहुन्छ । केही दिनमा लिखित सम्झौताको सम्भावना छ’ उनले भने । नाम तय नभैसकको यो सोसल ड्रामाबाट नेपालीले निर्देशकको रुपमा डेब्यु गर्दैछन् ।
यो फिल्ममा ४ जना हिरो र ३ जना हिरोइन हुने किरणले बताए । अन्य कलाकारबारे पनि चाँडै टुंगो लाग्ने उनले जनाए ।
आयुष र एलिजेको कुरा गर्दा, यी दुईजनाले हालै कानूनी विवाह गरेका छन् । पाकिस्तानकी एलिजेसँग आयुषले गतवर्ष नै युएईमा इन्गेजमेन्ट गरिसकेका थिए । त्यसयता यो जोडी टिकटकमा चर्चित छ ।
प्रतिक्रिया 4