+
+
Shares

अर्को सरकार बन्ने विकल्प अहिले छैन : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले कुनै दलको बहुमत नरहेको र अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन्।
  • सिटौलाले सरकारको वर्षदिनको समीक्षा गर्दै अपेक्षा अनुसार काम नभए पनि सरकार निरन्तर जाने र विकल्प नदेखिने बताए।
  • उनले संविधान कार्यान्वयनको समीक्षा र संशोधनका लागि सरकारले कार्यदल बनाएर अघि बढ्ने जानकारी दिनुभयो।

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सिटौलाले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको बताएका हुन् ।

‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो,’ उनले भने ।

राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलाले सरकारको वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन नसकेपनि यसको विकल्प नरहेको बताए ।

‘अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि यो सरकार निरन्तर जान्छ । किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन’ उनले भने, ‘अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिंदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ ।’

नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने कुरामा सरकारले कार्यदल बनाएर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?