+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भूमि विधेयक संविधान विपरीत छ, अदालतमा मुद्दा परे बदर हुन्छ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १४:२३
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्रले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संविधान विपरीत रहेको बताएका छन्।
  • अध्यक्ष यादवले प्रदेशको क्षेत्राधिकारभित्र पर्ने विषयमा प्रदेशको अनुमती लिनुपर्ने तर विधेयकमा त्यो नभएको उल्लेख गरे।
  • उनले विधेयक फिर्ता लिन आग्रह गर्दै यसले भूमाफियालाई फाइदा पुग्ने दाबी गरेका छन्।

११ साउन, काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्रले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संविधान विपरीत रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो असंवैधानिक छ, गैरकानुनी छ, देश र जनताविपरीत छ’, अध्यक्ष यादवले भने, ‘प्रदेशको क्षेत्राधिकारभित्र पर्ने विषयमा प्रदेशको अनुमती लिनुपर्छ, यो भएको छैन, यसकारण यो संविधानको धारा १०९ अनुसार छैन ।’

प्रस्तावित विधेयक फिर्ता लिन आग्रह गर्दै उनले भने, ‘जस्ताको तस्तै पारित गर्नुभयो भने हामी कोर्टमा जान्छौं ।’

अदालतमा मुद्दा परे अदालतबाट बदर हुने जिकिर गर्दै उनले सुकुम्बासीलाई जग्गा दिन प्रचलित ऐन बाधक नरहेको र नयाँ ऐन आवश्यक नरहेको बताए ।

भूमाफियालाई फाइदा पुग्ने गरी विधेयक आएको उनको दाबी छ । भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई उनको प्रश्न छ , ‘कसको स्वार्थका लागि यो विधेयक ल्याउनुभयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?