+
+
Shares

‘पीआर’ लाई दुई अस्ट्रेलियाली सहरमा प्रिमियर गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’को रेडकार्पेट प्रिमियर अगस्ट ९ र १२ मा अष्ट्रेलियाको सिड्नी र न्यू कासलमा आयोजना हुने भएको छ।
  • फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की लगायत कलाकारको अभिनय छ र ६० प्रतिशत छायांकन अष्ट्रेलिया तथा बाँकी नेपालमा गरिएको छ।
  • निर्देशक बस्नेतले भने, ‘अहिले ‘पीआर’प्रति अष्ट्रेलियाका विभिन्न सहरमा उच्च माग देखिएको छ’ र विश्वव्यापी रूपमा रिलिज गर्ने तयारीमा रहेको जानकारी दिनुभयो।

काठमाडौं । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’को रेडकार्पेट प्रिमियर अस्ट्रेलियामा आयोजना हुने भएको छ ।

अगस्ट ९ र १२ मा अष्ट्रेलियाका सिड्नी र न्यू कासलमा प्रिमियर समारोह आयोजना हुने जनाइएको छ ।

९ तारिखमा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमा र १२ मा न्यू क्यासलको रिडिङ सिनेमामा प्रिमियर आयोजना हुने जनाइएको छ ।

आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा समारोह आयोजना हुन लागेको जनाइएको छ ।

फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलको अभिनय छ ।

फिल्ममा प्रदीप दाहाल र लक्ष्मण सापकोटा निर्माता छन् । पटकथा र संवाद गणेश बुढाथोकीले लेखेका हुन् । छायांकन सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)ले गरेका हुन भने सम्पादन बन्दे प्रसादको छ ।

नृत्य रामजी लामिछाने, संगीत मानस राज र भीम बीसीको छ । ६० प्रतिशत छायांकन अष्ट्रेलिया र बाँकी नेपालमा गरिएको हो । विदेशमा रहेका नेपाली विद्यार्थीको संघर्ष, र नेपालमा रहेका परिवारजनको पीडा फिल्मको मुख्य विषयवस्तु हो ।

विदेश गएका छोराछोरी र नेपालमा रहेका बुवाआमाले एक अर्कामा गर्ने आर्थिक तथा विभिन्न कुरालाई फिल्मको कथामा समेटिएको छ ।

फिल्मको कथाका बारेमा सुनाउँदै निर्देशक बस्नेतले भने, ‘अहिले ‘पीआर’प्रति अष्ट्रेलियाका विभिन्न सहरमा उच्च माग देखिएको छ । चाँडै नै यो फिल्मलाई विश्वव्यापी रूपमा रिलिज गर्ने तयारीमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?