
११ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भूमि सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
समितिमा आइतबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरूसँग छलफल भएको हो ।
‘निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने सरकारले त्यसपछि वन क्षेत्रबाट छुटाउने । त्यसपछि वितरण गर्ने । यो तरिका हुँदै भएन, यो गम्भीर छ,’ उनले भने ।
छलफलका क्रममा बोल्दै वास्तविक सुकुमबासी, भूमिहीनहरूले जग्गा पाउनुपर्ने तर भूमाफिया र दलालहरुलाई पोस्ने ढोका बन्द गर्न आग्रह गरे । सकेसम्म विधेयक सरकारले फिर्ता लिनुपर्ने र नसके संशोधनहरू सम्बोधन गरिनुपर्ने बताए ।
‘वास्तविक सुकुमबासी, भूमिहीनहरूले जग्गा पाउन्, भूमाफिया र दलालहरूलाई पोस्ने ढोका बन्द गरियोस् । त्यसअनुसार भूमि सम्बन्धी विधेयक सके फिर्ता लिइयोस् । नसके संशोधनहरूलाई सम्बोधन गरियोस्,’ उनले भने ।
सांसद ज्वालाले सरकारले निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने र वनक्षेत्रसँग छुटाएपछि वितरण गर्ने काम गलत भएको बताए ।
प्रतिक्रिया 4