+

पब्जी मोबाइल विश्वकप : होरा इस्पोर्ट्सले सर्भाइभल राउण्ड खेल्ने

२०८२ साउन  ११ गते २१:२६ २०८२ साउन ११ गते २१:२६
पब्जी मोबाइल विश्वकप : होरा इस्पोर्ट्सले सर्भाइभल राउण्ड खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पब्जी टिम होरा इस्पोर्ट्स साउदी अरेबियामा जारी पब्जी विश्वकपको लिग चरणमा १३औं स्थानमा रह्‍यो।
  • होरा इस्पोर्ट्सले ७० अंक जोडेर सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछ।
  • होराले ग्राण्ड फाइनलमा पुग्न अर्को अवसर पाउनेछ।

११ साउन, काठमाडौं । नेपाली पब्जी टिम होरा इस्पोर्ट्सले साउदी अरेबियामा जारी इइस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपको लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइल स्टेजमा प्रतिस्पर्धा गर्ने भएको छ ।

शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजको खेलमा होरा इस्पोर्ट्स समग्रमा १३औं भएपछि सिधै ग्राण्ड फाइनलमा पुग्न असफल भएको हो ।

होरासहित विश्वभरबाट छानिएरका शीर्ष २४ टिमले लिग स्टेजमा प्रतिस्पर्धा गरेका थिए । जसबाट शीर्ष ८ टिम सिधै ग्राण्ड फाइनलमा प्रवेश गरेका छन् ।

लिगमा ७० अंक जोडेको होरा भने १३औं स्थानमा रह्यो । शीर्ष ८ बाहेकका बाँकी १६ टिमले अब ग्राण्ड फाइनलमा पुग्नका लागि अर्को अवसर पाउनेछन् ।

१६ टिमले सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन् र त्यसको शीर्ष ८ टोली पनि ग्राण्ड फाइनलमा पुग्नेछन् । ग्राण्ड फाइनलमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

सर्भाइभल राउण्डको खेलहरु जुलाई २९ र ३० मा हुनेछ ।

पब्जी मोबाइलको कुल प्राइज पुल ३० लाख अमेरिकी डलर रहेको छ । जसमा पहिलो हुनेले ५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

होरा इस्पोर्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय