+
+
Shares

फोहरमैलाको कर्मचारी भन्दै १३ लाख उठाएपछि समातिए नक्कली कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखाको सैलुङ गाउँपालिका–२ का २८ वर्षीय राजु लामालाई फोहरमैलाको कर्मचारी भन्दै १३ लाख २५ हजार रुपैयाँ उठाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
  • प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले राजु लामालाई पक्राउ गरेको र उनी नक्कली कर्मचारी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
  • राजु लामाबाट विभिन्न रसिदहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

१२ साउन, काठमाडौं । फोहरमैलाको कर्मचारी भन्दै १३ लाख रुपैयाँ भन्दा बढी उठाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनले आफू काठमाडौं महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ ।

उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?