+

अस्ट्रेलियाले गर्‍यो वेस्ट इन्डिजसँगको टी-२०आई शृंखला ‘क्लिन-स्वीप’

२०८२ साउन  १३ गते ८:२५ २०८२ साउन १३ गते ८:२५
अस्ट्रेलियाले गर्‍यो वेस्ट इन्डिजसँगको टी-२०आई शृंखला ‘क्लिन-स्वीप’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२०आई शृंखला ५-० ले क्लिन स्वीप गरेको छ।
  • पाँचौं टी-२०आईमा अस्ट्रेलियाले १७ ओभरमा ७ विकेटको क्षतिमा १७१ रनको लक्ष्य भेट्टायो।
  • वेस्ट इन्डिजले १९.४ ओभरमा १७० रन बनाउँदै अलआउट भएको थियो र अस्ट्रेलिया टेस्ट शृंखलामा पनि अपराजित छ।

१३ साउन, काठमाडौं । अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२०आई शृंखला क्लिन स्वीप गरेको छ । मंगलबार विहान भएको पाचौं टी-२०आईमा ३ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपटक टी-२०आई शृंखला ५-० ले जितेको हो ।

वेस्ट इन्डिजले दिएको १७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका लागि मिचेल ओवेनले १७ बलमा ३७ रन बनाए । त्यस्तै क्याम्रन ग्रीनले १८ बलमा ३२ तथा टिम डेभिडले १२ बलमा ३० रन बनाए ।

वेस्ट इन्डिजका लागि अकिल होसेनले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने अल्जारी जोसेफ र जेसन होल्डरले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले १९.४ ओभरमा अलआउट हुँदै १७० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि शिम्रोन हेटमायरले ३१ बलमा ३ चौका र ३ छक्कासहित ५२ रन बनाए । शेरफन रदरफोर्डले ३५ रन बनाए ।

अस्ट्रेलियाका बेन डारशुइसले ३ विकेट लिँदा नेथन एलिसले २ तथा एडम जाम्पा, शन एबट, आरोन हार्डी र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।

अस्ट्रेलियाले पहिलो खेलमा ३ विकेट, दोस्रो खेलमा ८ विकेट, तेस्रो खेलमा ६ विकेट तथा चौथो खेलमा ३ विकेटको जित निकालेको थियो ।

त्यसअघि भएको ३ खेलको टेस्ट शृंखलामा पनि अस्ट्रेलिया अपराजित रहेको थियो ।

अस्ट्रेलिया क्रिकेट वेस्ट इन्डिज क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय