+
+
Shares

न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते ८:४४

१३ साउन, काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् ।

ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली चलाउन सुरु गरेका थिए ।

सुरुमा उनले न्यूयोर्क पुलिसका एक अधिकृतमा माथि गोली चलाएका थिए । त्यसपछि खम्बा पछाडि लुकेकी एक महिलामाथि पनि उनले गोली हानेका थिए ।

प्रहरी अधिकारीहरु त्यहाँ किन थिए भन्ने पूर्ण जानकारी आइसकेको छैन । तर प्रहरी आयुक्त जेसिका टिसका अनुसार त्यहाँ दुई जना प्रहरीहरु ‘पेड डिटेल’मा नियुक्त भएका थिए ।

‘पेड डिटेल’ कार्यक्रम अन्तर्गत निजी कम्पनीहरुले थप सुरक्षाका लागि युनिफर्मसहितका प्रहरीलाई भाडामा लिन सक्दछन् ।

गोली चलेको ६३४ फिट अग्लो भवनमा नेशनल फुटबल लिग, ब्ल्याकस्टोन जस्ता ठूला कर्पोरेट अफिसहरू छन् ।

गन भायोलेन्स आर्काइभको तथ्यांक अनुसार यो अमेरिका भित्र यसै वर्ष भएको २५४ औं सामूहिक गोलीकाण्ड हो ।

प्रहरी अधिकारीहरुले पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दिएका छन् र गोली चलाउनुको कारण अझै स्पष्ट नभइसकेको बताएका छन् ।

गोली चलाउने व्यक्ति एमबीडब्ल्यू गाडी चढेर आएका थिए । उनीसँग एम–फोर राइफल र एक रिभल्बर पनि थियो । उनी चढेर आएको गाडीमा त्यसका गोली र म्यागेजिन पनि फेला परेको छ ।

साथै उनीसँग नेभाडा राज्यको ड्राइभिङ लाइसेन्स पनि भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?