
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा र राप्रपाले संसद बैठक बहिस्कार गरिरहेको प्रति आक्रोश व्यक्त गरेका छन्।
- ओलीले संसदमा विरोध गर्नेहरुलाई व्यवस्था, प्रजातन्त्र, लोकतन्त्र र संविधान विरोधी भनेका छन्।
- उनीहरुले बलिदानी नदिएको आरोप लगाउँदै ओलीले व्यवस्थाविरोधी र संसद विरोधी भनेका छन्।
१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा र राप्रपाले संसद बैठक बहिस्कार गरिरहेको प्रति आक्रोश व्यक्त गरेका छन् । हरेक विकास निर्माणको कुरामा विरोध गरेको भन्दै संसदमा रास्वपा र राप्रपाले गरिरहेको विरोधप्रति उनले आक्रोश पोखेका हुन् ।
कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरमा निर्मित सिँचाइ, जलविद्युत र प्रसारण लाइनको उद्घाटनपछिको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसदमा विरोध गर्नेहरुले व्यवस्थाको अपनत्व नदिएको आरोप लगाएका हुन् ।
राप्रपा र रास्वपाको नामै नलिइ ओलीले भने, ‘अहिलेको पार्लेमेन्टमा व्यवस्था विरोधी छन्, प्रजातन्त्र विरोधी छन्, लोकतन्त्र विरोधी छन्, संविधान विरोधी छन् ।’
रास्वपा र राप्रपाले व्यवस्था परिवर्तनमा बलिदानी र भूमिका नखेलेकाले अहिले विरोध गर्नु अचम्म नभएको उनको भनाइ छ ।
‘भनेरै खुलेयाम विरोधी छन्, अनि उनीहरुले बहिस्कार गर्नु कुन ठूलो कुरा हो ? जो त व्यवस्था विरोधी छन्, जो लोकतन्त्र विरोधी छन्, जो संसद विरोधी छन्’, उनले भनेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिन र सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै राप्रपा र रास्वपाले संसद्मा विरोध र बैठक बहिस्कार गर्दै आएका छन् ।
‘उनीहरुले लडेर, निर्वासन बसेर, जेलनेल खटेर, दु:खकष्ट भोगेर, नेलहतकडी लगाएर, पिटाइ सहेर, अनेक यातना सहेर, बलिदान सहेर लोकतन्त्र ल्याएको त हैन’, ओलीले भने, ‘आएको लोकतन्त्रमा अनि तर् मार्न आएका तरमाराहरु त हो, व्यवस्थाविरोधी तरमाराहरु ।’
प्रतिक्रिया 4