+

क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन

२०८२ साउन  १४ गते ११:१५ २०८२ साउन १४ गते ११:१५
क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले पुरुष राष्ट्रिय टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न दोस्रोपटक आवेदन आह्वान गरेको छ।
  • प्रायोजन सम्झौतामा न्यूनतम वार्षिक रकम रू. २ करोड र तीन वर्षका लागि १०% वार्षिक वृद्धि तोकिएको छ।
  • आवेदन दिन इच्छुक कम्पनीले सरकारी मान्यता प्राप्त ब्रान्ड र आधिकारिक लेटरहेडमा हस्ताक्षर अनिवार्य छ, म्याद साउन १९ गते बिहान ११ बजे सम्म छ।

१४ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन दोस्रोपटक आह्वान गरेको छ।

गत चैतमा क्यानले पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरेको थियो । तोकिएको समयमा आवेदन प्राप्त नभएपछि फेरि आवेदन खुलाइएको क्यानले जनाएको छ ।

‘त्यसबेला २१ दिनको म्याद थियो, तर कुनै पनि आवेदन प्राप्त नभएपछि फेरि खुलाएका हौं’ क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

प्रायोजन सम्झौताअनुसार न्यूनतम वार्षिक प्रायोजन रकम रू. २ करोड तोकिएको छ। यो सम्झौता ३ वर्षका लागि हुनेछ, जसमा प्रत्येक वर्ष १०% वृद्धि हुनेछ।

आवेदन दिन इच्छुक कम्पनीहरूका लागि नेपाल सरकारको कानुनअनुसार मान्यता प्राप्त ब्रान्डहरू मात्र योग्य हुने र प्रस्ताव पेश गर्दा कम्पनीको आधिकारिक लेटरहेडमा हस्ताक्षर र छाप अनिवार्य रूपमा हुनुपर्ने जनाइएको छ।

आवेदनको अन्तिम मिति साउन १९ गते बिहान ११:०० बजेसम्म मात्र रहेको छ। प्रस्ताव हार्डकपीमा मुलपानीस्थित क्यानको कार्यालयमा पेश गर्नुपर्ने जनाइएको छ ।

नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय