+

अफगानिस्तान, पाकिस्तान र युएईबीच टी-२०आई शृंखला हुने

२०८२ साउन  १६ गते १४:३४ २०८२ साउन १६ गते १४:३४
अफगानिस्तान, पाकिस्तान र युएईबीच टी-२०आई शृंखला हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफगानिस्तान, पाकिस्तान र युएईबीच टी-२०आई शृंखला हुने भएको छ।
  • शृंखलामा हरेक टोलीले एकअर्कासँग दुईपटक खेल्नेछन् र शीर्ष दुई टोलीबीच फाइनल हुनेछ।
  • यो शृंखला एसिया कप क्रिकेटको तयारीका रूपमा खेलिनेछ।

१६ साउन, काठमाडौं । आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटको तयारी स्वरुप अफगानिस्तान, पाकिस्तान र युएईबीच टी-२०आई शृंखला हुने भएको छ। शृंखला आगामी अगस्ट-सेप्टेम्बरमा यूएईको शारजाहमा हुनेछ ।

शृंखलामा हरेक टोलीले एकअर्कासँग दुईपटक खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। आईसीसीको टी-२०आई वरियतामा पाकिस्तान आठौं, अफगानिस्तान नवौं र यूएई १४औं स्थानमा छन्।

पाकिस्तानले हाल वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेलिरहेको छ भने एसिया कपमा ओमानसँग सेप्टेम्बर १२ मा पहिलो खेल खेल्नेछ। अफगानिस्तानले सेप्टेम्बर ९ मा हङकङविरुद्ध खेल्दै एसिया कप सुरु गर्नेछ।

यूएईले हालसालै बंगालदेशसँगको टी-२०आई शृंखला जितेर ऐतिहासिक सफलता हासिल गरेको थियो । यूएईले एसिया कपको पहिलो खेलमा भारतसँग खेल्नेछ ।

पाकिस्तान र अफगानिस्तान दुवै टोलीले २०२६ को टी-२० विश्वकपमा सिधा स्थान बनाएका छन्। यूएई भने अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने क्षेत्रीय छनोटमार्फत विश्वकपमा स्थान सुरक्षित गर्न प्रयासरत हुनेछ।

अफगानिस्तान क्रिकेट त्रिदेशीय टी-२०आई शृंखला पाकिस्तान क्रिकेट यूएई क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय