+
+
Shares

मुख्यमन्त्री पदबाट राजीनामा दिन बहादुरसिंहलाई देउवाको फेरि निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १४:५९

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट राजीनामा दिन फेरि निर्देशन दिएका छन् ।

बागमतीमा संसदीय दलको नेताबाट पराजित भएका लामालाई सभापति देउवाले बिहीबार बोलाएर राजीनामा दिन निर्देशन दिएका हुन् । लामा निकट एक प्रदेश सांसदले भने, ‘सभापतिसँग मुख्यमन्त्रीको हिजो कुराकानी भएको हो । सभापतिले राजीनामा गर्न निर्देशन दिनुभएको छ ।’ जवाफमा लामाले कांग्रेसका सांसदहरुसँग छलफल गरेर निर्णय लिने बताएका थिए ।

मुख्यमन्त्रीको एक वर्षे कार्यकाल विताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नेताका लागि निर्वाचन भएको थियो । संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । कांग्रेसबाट बानियाँलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ ।

बागमतीमा कांग्रेसका शीर्ष तहका नेताहरुले समेत चासो देखाएर किचलो उत्पन्न गर्ने कार्य गरेको लामा पक्षका एक सांसदले बताए । उनी भन्छन्, ‘यहाँ बहादुरसिंह र इन्द्र बानियाँको मात्रै कुरा होइन । पार्टी भित्रै न्याय नपाउने अवस्था बन्यो ।’

संविधानको १६८ (२) अनुसार मुख्यमन्त्री हुँदा दलको नेता आवश्यक नहुने भन्दै लामाले राजीनामा नदिने अडान लिएका थिए ।

बागमतीमा कांग्रेसभित्र देखिएको अवस्थालाई लिएर बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?