News Summary
Generated by OK AI. Editorially reviewed.- एन्फाले साउन २७ गतेदेखि १४ टोली सहभागी महिला लिग छनोट २०२५ को खेल तालिका सार्वजनिक गरेको छ।
- महिला लिग छनोटमा टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ, समूह ए र समूह बी।
- उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रिएले एन्फा कम्प्लेक्स, सातदोबाटोमा प्रतिस्पर्धा गर्नेछन्।
१६ साउन, काठमाडौं । यही साउन अन्तिमदेखि सुरु हुने एन्फा महिला लिग छनोट २०२५ को उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रिएले भिड्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गर्दै महिला लिग छनोटको खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक खेलतालिका अनुसार साउन २७ गते छहारी र एले बीच एन्फा कम्प्लेक्स, सातदोबाटोमा उद्घाटन खेल हुनेछ । खेल साढे १२ बजे सुरु हुनेछ । सोही दिन दिउँसो ४ बजे एन्फा कम्प्लेक्समै संकटा एफसी र नेपाल खेलकुद क्लबबीच खेल हुनेछ ।
महिला लिग छनोटमा ए डिभिजन क्लब, नेपाल सुपर लिग फ्रेन्चाइज देखि विभिन्न क्लबहरु गरी १४ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले छन् ।
यस्तै समूह बी मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गर्ल्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, नेपाल खेलकुद क्लब छन् ।
यसअघि असार पहिलो साता एन्फाले महिला लिग छनोट खेल्ने १६ टिमको नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा रहेकामध्ये चित्लाङ एफसी र कन्काइ खेलकुद प्रतिस्ठानले कागजात समयमा नबुझाएपछि स्वत: हटेका छन् ।
महिला लिग छनोटबाट शीर्ष ५ टिम महिला लिगको अन्तिम चरणका लागि छनोट हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘छनोटको दुई समूहको शीर्ष २-२ टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । यस्तै दुवै समूहको तेस्रो हुने टिमबीच प्लेअफ खेलाउने रत्यसमा विजयी हुने टिम पनि अन्तिम चरणमा हुनेछ’ उनले भने।
यसअघि महिला लिगको सुपर राउण्डमा खेलेका ५ टिम र छनोटबाट छानिएका ५ गरी १० टिमबीच महिला लिग हुनेछ ।
प्रतिक्रिया 4