+
+
Shares

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : शङ्कर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १८:५७
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी फुटाउने नेताहरू अहिले पश्चातापमा रहेको बताएका छन्।
  • पोखरेलले विभाजनकारी कारण एमाले दोस्रो पार्टी बनेको र पार्टी छाडेका नेता कार्यकर्तालाई फर्कन आग्रह गरेका छन्।
  • पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केही नेताहरूलाई एमालेमा प्रवेश गराएका छन्।

१६ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताएका छन् ।

ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताए ।

‘जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनुभएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन भनिरहनुभएको छ’, उनले भने ।

महासचिव पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्न पुगेको बताए ।

उनले पार्टी फुटाउने अभियान असफल भएकाले पार्टी छाडेर गएका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गरे । उनले नेताहरू हतास भएर हिँडेका बेला कार्यकर्ताहरू सही बाटोमा हिँड्नुपर्ने भनाइ राखे ।

महासचिव पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पेशागत महासङ्घ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा लछी सिंहसहित मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिका अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेतलाई पार्टीमा प्रवेश गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?