+
+
Shares

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते ६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक साउन १८ गते बिहान ११ बजे पेरिसडाँडामा बस्ने उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए।
  • अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
  • स्थायी समितिको शनिबारको बैठकमा अधिकांश नेताहरूले उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए।

१८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दैछ ।

यहीे साउन १६ गतेदेखि सुरू भएको स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

स्थायी कमिटी बैठकमा शनिबार बोलेका अधिकांश नेताहरूले पार्टी उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए ।

सचिव राम कार्कीले भने नेतृत्व हस्तान्तरणबारे फरक प्रस्ताव प्रस्तुत गरेका थिए । उनले नेतृत्व हस्तान्तरणबारे नयाँ विकल्पमा जान सकिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?