
News Summary
Generated by OK AI. Editorially reviewed.- उत्तरप्रदेशको गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
- दुर्घटना आइतबार बेलवा बहुता रेहरा पुल नजिकै नहरमा भएको थियो जहाँ १५ जना सवार थिए।
- प्रधानमन्त्री मोदीले मृतक परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।
१८ साउन, काठमाडौं । उत्तरप्रदेशको गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
१५ जना सवार तीर्थयात्री बोकेको जिप आइतबार इटियाथोकस्थित बेलवा बहुता रेहरा पुल नजिकै नहरमा खसेको छ ।
इटियाथोक प्रहरीका अनुसार दुर्घटनामा परेका तीर्थयात्रीहरू मोतीगञ्ज सिहागाउँबाट पृथ्वीनाथ जलाभिषेकका लागि जाँदै थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।
यसैगरी मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउन र घाइतेको उचित उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4