+
+
Shares

५ वर्षसम्म शून्य खर्च अफरसहित सार्वजनिक भयो ‘दिपल एस०७ आईसीए’

दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४ सय १० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते २०:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएडब्लू वृद्धिले नेपालमा दिपल एस०७ को अपग्रेडेड भर्सन 'एस०७ आईसीए' सार्वजनिक गरेको छ।
  • दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री छ जसले ४१० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ।
  • एमएडब्लू वृद्धिले 'जेरो अनरसिप कस्ट फर फाइभ इयर' स्किम सार्वजनिक गरेको छ जसले ग्राहकलाई पाँच वर्षसम्म कुनै खर्च नपर्ने व्यवस्था गर्छ।

१८ साउन, काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आफ्नो लोकप्रिय एसयूभी दिपल एस०७ को अपग्रेडेड भर्सन ‘एस०७ आईसीए’ लाई नेपालमा सार्वजनिक गरेको छ ।

नेपालको लक्जरी ईभी सेग्मेन्ट नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचर मार्फत ईभीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

दिपल एस०७ आईसीए भेरिएन्ट नयाँ एक्साइटिङ कलर नेबुला ब्लुमा पनि उपलब्ध हुनेछ । यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको कम्पनीले जनाएको छ । दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४ सय १० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिने छ ।

‘नयाँ दिपल एस०७ आईसीए अपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर ईभी हो,’ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘नेपालमा सार्वजनिक भएको डेढ वर्षमै अहिले ९ सय ५० युनिट दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । यो नयाँ ईभीको सार्वजनिकीकरणले एमएडब्लू नेपालको ईभी क्रान्तिलाई नेतृत्व दिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’

नयाँ पुस्ताको कनेक्टिभिटीले पहिलेभन्दा स्मार्ट

कम्पनीका अनुसार नयाँ दिपल एपमा ग्राहकलाई कारसँग विनारोकतोक अन्तक्र्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ ।

कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिङको अवस्था बुझ्न र कारको लोकेसन ट्र्याक गर्न सकिन्छ । साथै, यसमा ४जी–५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, अमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा छ ।

लक्जरी र प्रविधिको नयाँ उचाइ

दिपल एस०७ आईसीएमा आफ्नो ट्रेन्डसेटिङ सुन्दरता र अत्याधुनिक प्रविधि मार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँ मानक स्थापित गर्ने कम्पनीको भनाइ छ । यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य ईभीमा नभएका इन्डस्ट्री फस्र्ट फिचरले दिपलको भिजन दर्शाउँछ ।

यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनोमस ड्राइभिङ एसिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ वर्गमिटरको पानारोमिक ग्लास रुफले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ ।

‘जेरो अनरसिप कस्ट फर फाइभ इयर’ अफर

दिपल एस०७ र्आइसीएको लन्चकै अवसरमा एमएडब्लू वृद्धिले बेजोड स्किम ‘जेरो अनरसिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दिपल ईभीमा ५ वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन ।

दिपल एस०७ का ग्राहकले पाँच वर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउने छन् । यो स्किम मार्फत ग्राहकले नेपालकै नम्बर १ लक्जरी ईभी दिपल एस०७ सहजैसँग खरिद गर्न सक्नेछन् ।

नयाँ दिपल एस०७ आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड अनरसिप स्किम मार्फत इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा आफ्नो नम्बर १ स्थानलाई निरन्तरता दिने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?