
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता केदार घिमिरेले सोमबार पशुपतिमा आयोजित महायज्ञमा आगामी फिल्म 'माग्ने राजा' प्रवर्धनका लागि २५ हजार १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरे।
- मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको थियो।
- अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिनाले पनि 'माग्ने राजा' प्रवर्धनका लागि महायज्ञमा सहभागी भएर सहयोग गरे।
काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले सोमबार पशुपति पुगेर त्यहाँ आयोजित महायज्ञमा आर्थिक सहयोग प्रदान गरेका छन् ।
आगामी फिल्म ‘माग्ने राजा’ प्रवर्धनको लागि त्यहाँ पुगेका उनले व्यक्तिगतरुपमा २५ हजार १ रुपैयाँ दिएका हुन् ।
भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न मानवसेवा फाउण्डेसनले महायज्ञ आयोजना गरेको हो ।
केदारसँगै अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिनालगायत त्यहाँ पुगेर ‘माग्ने राजा’को प्रवर्धन गरेका थिए । शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि त्यहाँ पुगेर ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।
तस्वीरहरू : गोपीकृष्ण चापागाइँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4