
News Summary
Generated by OK AI. Editorially reviewed.- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई काठमाडौं बसुन्धरामा रहेको एमएन अस्पतालमा १५ प्रतिशतसम्म विशेष छुट दिने सम्झौता गरेको छ।
- यस सम्झौताअनुसार ग्राहकले अपरेसन, प्रयोगशाला, एक्स–रे र औषधि सेवामा छुट पाउनेछन्।
- बैंकले गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र किफायती रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
१९ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौं बसुन्धरामा रहेको एमएन अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले अस्पतालसँग विशेष छुट गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
यस सम्झौतापछि बैंकका ग्राहकले एमएन अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरू जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधि आदिमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस प्रकारको सहकार्यबाट ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र किफायती रूपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
बैंकले आगामी दिनमा पनि आफ्ना ग्राहकको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया 4