
News Summary
Generated by OK AI. Editorially reviewed.- एलिना चौहान, प्रताप दास, बद्री पँगेनी, कला लम्साल लगायत कलाकारले अमेरिकामा सांगीतिक प्रस्तुति दिने भएका छन्।
- एलिनाले सामाजिक संजालमा 'अब गाउँछ अमेरिका तयार रहनूस है नाच्नको लागि' भनी भिसा पाएको जानकारी दिइन्।
- एलिनाले केही समयअघि अन्तवार्तामा अमेरिका जान इच्छा रहेको बताएकी थिइन् र यो उनको सपना पूरा भएको अर्थमा बुझिएको छ।
काठमाडौं । एलिना चौहान, प्रताप दास, बद्री पँगेनी, कला लम्साल लगायतका कलाकारले अमेरिकामा सांगीतिक प्रस्तुति दिने भएका छन् ।
‘अब गाउँछ अमेरिका’मा आफूहरूले प्रस्तुति दिन लागेको र अमेरिकी दूतावासले भिसा प्रदान गरेको एलिनाले उल्लेख गरेकी छन् ।
‘अब गाउँछ अमेरिका तयार रहनूस है नाच्नको लागि’ उनले आफूहरूले भिसा पाएको जानकारी दिँदै सामाजिक संजालमा पोस्ट गरेकी छन् ।
केही समयअघि एक अन्तवार्तामा एलिनाले आफूलाई अमेरिका जाने इच्छा रहेको बताएकी थिइन् । यसलाई एलिनाको एक सपना पुरा भएको अर्थमा बुझिएको छ ।
कुनै कलाकारले भिसा पाएको जानकारी सामाजिक संजालमा दिने कुरा विरलै मात्रामा हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4