+
+
Shares

ओम्नीको पक्षमा सर्वोच्चको फैसला

सर्वोच्च अदालतले सरकारबाट क्षतिपूर्ति दाबी गरेको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई) प्रालिको पक्षमा फैसला सुनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिको पक्षमा फैसला सुनाएको छ।
  • कोभिड महामारीमा स्वास्थ्य सामग्री खरिद विवादमा ओम्नीको भुक्तानी रोक्का गरी कालोसूचीमा राख्ने निर्णयविरुद्ध रिट दायर गरिएको थियो।
  • न्यायाधीश मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले ओम्नीको पक्षमा रिट जारी गरेको छ।

२० साउन, काठमाडौं। सर्वोच्च अदालतले सरकारबाट क्षतिपूर्ति दाबी गरेको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनल (ओबीसीआई) प्रालिको पक्षमा फैसला सुनाएको छ ।

कोभिड महामारीका बेला स्वास्थ्य सामग्री खरिद प्रकरणमा विवादित कम्पनी ओम्नीको भुक्तानी रोक्का गरी स्वास्थ्य सेवा विभागले कालोसूचीमा राख्न सिफारिस गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

विभागको यो निर्णयविरुद्ध ओम्नी सर्वोच्च अदालत गएको थियो । सोमबार न्यायाधीश मनोजकुमार शर्मा र टेकप्रसाद ढुंगानाको इजलासले ओम्नीको पक्षमा रिट जारी गरेको हो ।

स्वास्थ्य सेवा विभागले कोरोना महामारी फैलिँदै गएपछि चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नीसँग सम्झौता गरेको थियो । तर ओम्नीले पहिलो लटको सामान ल्याएपछि सम्झौताअनुसार थप सामान ल्याउन नसकेको, ल्याएको सामग्री कमसल खालको भएको भन्दै विभागले सम्झौता रद्ध गर्ने, बैंक जमानत जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

त्यसविरुद्ध ओम्नी ४० करोड क्षतिपूर्ति दाबी गर्दै अदालत गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?