
२० साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताएका छन् ।
मंगलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मंगलबार नै छानबिन समितिले प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिसकेको छ ।
सोही बारेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सापकोटाले समितिले गम्भीर त्रुटिका रुपमा लिएको बताए ।
समिति सभापति र सचिवले नियतजन्य रुपमा गरिएको आरोप लगाउँदै उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहष्यमय रहेको बताए ।
‘हामीले गम्भीर त्रुटी भनेका छाँै, यसलाई मानवीय त्रुटीका रुपमा लिन सकिँदैन । त्यो नियतजन्य रूपमा गरिएको कमजोरी हो । त्यसलाई नियतजन्य रुपमा जानाजान नै छेडखानी गरिएको छ,’ सापकोटाले भने ।
कानूनत: प्रथम दृष्टिमै सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने उनले बताए ।
‘कानुनत: प्रथम दृष्टिमै हस्ताक्षरकर्ताहरू सभापति र सचिव दुवैले यसको जिम्मेवारी लिनुपर्छ । नैतिक रुपमै स्वीकानुपर्छ । नैतिकता भनेको आफ्नो सभापतिको स्पष्ट जिम्मेवारी पूरा गर्न नसकेपछि के गर्ने भन्ने स्पष्ट छ,’ उनले भने ।
प्रतिक्रिया 4