
News Summary
Generated by OK AI. Editorially reviewed.- सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध ११ करोड रुपैयाँ ठगी आरोपमा तीन दिन म्याद थप भएको छ।
- जिल्ला प्रहरी परिसर काठमाडौका एसपी कुलदीप चन्दले बुधबार बिहान श्रीवास्तवलाई नियन्त्रणमा लिएको बताए।
- शेयर कारोबार रकम फिर्ता नगरेको भन्दै मीता अग्रवाल मुरारकाले जाहेरी दिएकी थिइन्।
२१ साउन, काठमाडौं । साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध तीन दिन म्याद थप भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौका एसपी कुलदीप चन्दले तीन दिन म्याद थप भएको बताए । बुधबार बिहान उनी आफैं परिसरको कार्यालय भद्रकालीमा आएपछि नियन्त्रणमा लिइएको थियो ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मीता अग्रवाल मुरारकाले जाहेरी दिएकी थिइन् । शेयर कारोबारको रकम फिर्ता नगरेको भन्दै जाहेरी परेको थियो ।
यसअघि यस्तै ठगी आरोपमा शेयर कारोबार दीपेन्द्र अग्रवाल पनि पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4