
News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउड अभिनेता टम हिडल्सटनले अमेरिकी टिभी शो ‘जिमी किमेल लाइभ’मा आफ्नो नेपाल भ्रमणबारे कुराकानी गरेका छन्।
- हिडल्सटनले नेपालका हिमालय र मानिसको मिजासिलो व्यवहारको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
- उनले मे महिनामा छायांकन गरिएको फिल्म ‘टासी’मा एडमन्ड हिलारीको भूमिका निर्वाह गरेका छन्।
काठमाडौं । लोकी नामले चर्चित हलिउड अभिनेता टम हिडल्सटनले नेपाली आतिथ्यताको प्रशंसा गरेका छन् । चर्चित अमेरिकी टिभी शो ‘जिमी किमेल लाइभ’सँगको अन्तर्वार्तामा उनले हालैको आफ्नो नेपाल भ्रमणबारे कुराकानी गरे ।
‘मार्वल सिनेम्याटिक युनिभर्स’मा लोकी नामले चर्चित हिडल्सटन केही महिनाअघि प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको फिल्म ‘टासी’को छायांकनको लागि नेपालमा थिए ।
यो फिल्मको नाम ‘तेन्जिङ’ भनिएपनि निर्माताले नेपाल सरकारसँग ‘टासी’ नामले छायांकन अनुमति लिएका थिए ।
उनले नेपालका हिमालय आफूले देखेका अहिलेसम्मका सुन्दर थलो भएको बताउँदै नेपालका मानिसको मिजासिलो र दयालु व्यवहारको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
काठमाडौंका बासिन्दाले गरेको स्थानीय आतिथ्य, सगरमाथा क्षेत्रको मनोहर भौगोलिक सौन्दर्य र छायांकन सेटमा आफ्ना को–स्टारसँगको रमाइलो अनुभव उनले अन्तर्वार्तामा सेयर गरेका छन् ।
गत मे महिनामा छायांकन गरिएको फिल्ममा अभिनेता हिडल्सटनले एडमन्ड हिलारीको भूमिका निर्वाह गरेका छन् । तिब्बती कलाकार गेन्डेक फुन्टसोकले तेन्जिङको भूमिका निर्वाह गरेका छन् । नेपाली अभिनेत्री थिन्ले ल्हामोले तेन्जिङकी पत्नीको रोल निर्वाह गरेकी छन् ।
@beebuzztv Tom Hiddleston aka loki talking about his trip to nepal with jimmy kimmel #fyp #foryoupagе #fyppppppppppppppppppppppp #viral #nepal #foryou #creatorsearchinsights #fypシ #visitnepal #loki #tomhiddleston #liveshow #jimmykimmel #actor ♬ original sound – BeeBuzzTv
प्रतिक्रिया 4