+
+
Shares

टिकटकर आयुषकी आमाले छोराबुहारीविरुद्ध अदालतमा हालिन् गाली बेइज्जतीको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते २१:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतमा नानुसिंहले आफ्ना छोरा आयुषसिंह ठकुरी र बुहारी एलिजेलाई गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन्।
  • असार ३० गते आयुषसिंह र एलिजेले कानूनी विवाह गरेका थिए र विवाहअघि मुद्दा दर्ता भएको थियो।
  • नानुसिंह र उनका छोराबुहारीबीचको विवाद सामाजिक संजालमा चर्चा भएपछि अदालतमा पुगेको हो।

काठमाडौं । चर्चित टिकटकर आयुषसिंह ठकुरीकी आमा नानुसिंहले आफ्नै छोराबुहारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले मुद्दा दायर भएको जानकारी अनलाइनखबरलाई दिए । असार ३० गते आयुष र एलिजेले जिल्ला अदालतमा कानूनी विवाह गरेका थिए ।

उनीहरूले विवाह गर्नुको केही समयअघि गाली बेइज्जतीको मुद्दा अदालतमा दर्ता भएको सूचना अधिकारी श्रेष्ठले जनाए । ‘विवाहको केही समयअघि मुद्दा दायर भएको छ’ उनले भने ।

मुद्दामा नानुसिंहले छोरा आयुष र एलिजेलाई प्रतिवादी बनाएकी छन् । केही समयअघि नानुसिंह र उनका छोराबुहारीको विवाद चर्किएको थियो । उनीहरूको कन्ट्रोभर्सीले त्यतिबेला सामाजिक संजालमा चर्चा पाएको थियो ।

उनीहरूको पुरानै विवाद अदालतमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?