
News Summary
Generated by OK AI. Editorially reviewed.- सन् २०२५ को सुपरहिट फिल्म 'अञ्जिला' अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ।
- निर्माता प्रेमकुमार श्रेष्ठले अस्ट्रेलियामा नेपाली दर्शकले फिल्मप्रति चासो देखाएको बताए।
- फिल्म अगस्ट १३ मा ब्रिसबेन, २१ मा फाइभ स्टार सिनेमा हल र २३ मा सिड्नीको रिडिङ हलमा प्रदर्शन हुनेछ।
काठमाडौं । सन् २०२५ को सुपरहिट फिल्म ‘अञ्जिला’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । मिलन चाम्स निर्देशित फिल्मले स्वदेशसहित अन्य मुलुकमा राम्रो प्रशंसा बटुलेको छ ।
फिल्म स्क्रिनिङ गर्न निर्माता प्रेमकुमार श्रेष्ठ अहिले अस्ट्रेलियामा छन् । सिड्नीको ग्रयानभिलमा रहेको फ्लेभर्स अफ नेपालमा भेटिएका निर्माता श्रेष्ठले भने अनलाइनखबरसँग कुरा गर्दै त्यहाँस्थित नेपालीले फिल्मप्रति चासो देखाएको बताए ।
उनले भने, ‘बेलायत, हङकङ र दक्षिण कोरिया लगायतका देशमा बस्ने नेपालीले जस्तै अस्ट्रेलियामा रहने नेपालीले पनि यो फिल्म हेर्न चासो देखाइरहेका छन् ।’
‘अञ्जिला’ अगस्ट १३ मा ब्रिसबेनस्थित फाइभ स्टार सिनेमा हलमा प्रदर्शन भैसकेको छ । सोही हलमा अगस्ट २१ मा अर्को शो तय छ ।
सिड्नीको अर्बनमा रहेको रिडिङ हलमा अगस्ट २३ मा पनि शो हुनेछ । अर्बन नेपालीको बाक्लो बस्ती रहेको ठाउँ हो । पहिलो शो भने एडिलेड सहरमा जुलाई ३० मा भएको थियो ।
निर्माता श्रेष्ठका अनुसार अन्य अस्ट्रेलियाली सहरहरू मेलबर्न, डार्बिन, पर्थ र न्यू क्यासलमा पनि फिल्म प्रदर्शन हुनेछ ।
‘एडिलेडमा गरिएको पहिलो शोबाट हामी उत्साहित छौं । यहाँ रहनुहुने नेपाली दर्शकले फिल्मप्रति देखाउनु भएको चासो र बढाउनु भएको सहभागिता देख्दा अष्ट्रेलियामा यो फिल्म सफल हुनेमा ढुक्क छौं’ उनले भने ।
यो फिल्म नेपाली फुटबल खेलाडी तथा पूर्वकप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित छ । फिल्ममा एञ्जिला स्वयमसहित दयाहाङ राई, सुनिल थापा, माओत्से गुुरुङ, विजय बराल र सिर्जना सुब्बाको अभिनय छ ।
प्रतिक्रिया 4