+
+
Shares

टाटा ईभी अटो कार्निभल सुरु, विशेष अफरका साथै माल्दिभ्स भ्रमण अवसर

टाटा मोटर्सका विद्युतीय गाडीहरूप्रति नेपाली बजारमा बढ्दो आकर्षण मध्यनजर गर्दै नेपालभरिका शोरुममा कार्यक्रम आयोजना गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १४:२७

२३ साउन, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजदेखि २५ साउनसम्म ‘टाटा ईभी अटो कार्निभल’ आयोजना गरेको छ ।

टाटा मोटर्सका विद्युतीय गाडीहरूप्रति नेपाली बजारमा बढ्दो आकर्षण मध्यनजर गर्दै नेपालभरिका शोरुममा कार्यक्रम आयोजना गरेको हो ।

यस विशेष कर्निभलमा ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्रान्ड अन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडी जस्तै टियागो ईभी, कर्भ ईभी, नेक्सन के ३ ईभी र पन्च ईभी एक्स्चेन्ज तथा खरिद गर्न सक्नेछन् ।

यस कार्यक्रम अन्तर्गत ग्राहकले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभरि निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्ससहित जडान र इम्बोस्ड नम्बर प्लेटजस्ता सुविधा निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अवसरमा ग्राहकले नेपालभरि रहेका टाटा मोटर्सका शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका विद्युतीय गाडीहरूको प्रत्यक्ष अवलोकन र टेस्ट ड्राइभ, बुकिङ तथा गाडी मूल्यांकन गर्दा आकर्षक उपहार समेत प्राप्त गर्न सक्नेछन् ।

यस विशेष कार्यक्रमको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘कपल ट्रिप टु माल्दिभ्स’ जित्ने अवसर समेत प्राप्त गर्नेछन् ।

यो विशेष अफर २३ देखि २५ साउनसम्म मात्र उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?