+
+
Shares

भारतसँग पानी नमाग्नु प्रधानमन्त्री ओलीको कमजोरी : प्रभु साह

उनले भने, ‘केपी ओलीजी तपाईं राष्ट्रवादी हो भने किन आफ्नो हक खोज्नुभएन ? किसानले किन नारायणी सिँचाइबाट आफ्नो भागको पानी पाएन ? किन गण्डक नहरमा पानी आएन ? यसको जवाफ हामीलाई चाहिएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १६:१०
फाइल फोटो

२३ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सिँचाइ सम्झौता अनुसार भारतसँग पानी नमाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भएको आरोप लगाएका छन् ।

बाराको कलैयामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल–भारतबीचको सम्झौता अनुसार नेपालले पानी नपाउँदा समेत प्रधानमन्त्री ओली मौन बस्नु राष्ट्रघाती काम उनको आरोप छ ।

मधेसमा पानीको हाहाकार हुँदा किसानले समयमै धानखेती गर्न नपाउँदा मर्कामा परिरहेका बेला नारायणी सिँचाइ आयोजना, कोशी सिँचाइ आयोजनामा आउनुपर्ने पानी नआउँदा समेत प्रधानमन्त्री ओलीले पहल नलिएको बताए ।

‘यही नारायणी नहर बारा जिल्लाको बीच भएर जान्छ, तर पानी छैन । नेपाल र भारतको सम्झौता अनुसार जति दिनुपर्ने हो त्यसको १० प्रतिशत पनि पानी नेपालले पाएको छैन’, उनले भने, ‘आफ्नो हक अनुसार भारतसँग पानी माग्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीको हो कि होइन ?’

सम्झौताअनुसार पानी माग्न प्रधानमन्त्रीलाई उनले आग्रह गरे । उनले भने, ‘केपी ओलीजी तपाईं राष्ट्रवादी हो भने किन आफ्नो हक खोज्नुभएन ? किसानले किन नारायणी सिँचाइबाट आफ्नो भागको पानी पाएन ? किन गण्डक नहरमा पानी आएन ? यसको जवाफ हामीलाई चाहिएको छ ।’

सम्झौता अनुसार पानी पाउनु किसानको हकअधिकार भएको उनले बताए । सरकारले मधेसलाई विपद्‌ संकटग्रस्त क्षेत्र घोषणा गरेको तर  राहत प्याकेजको योजना नल्याएको भनेर पनि सरकारको आलोचना गरे ।

आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको बताए । मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?