
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ युट्युबमा रिलिज भएको छ।
- निर्देशक श्री गुरुङले प्रत्येक शनिबार अपरान्ह ४ बजे नयाँ एपिसोड युट्युबमा आउने बताए।
- प्रधानमन्त्री केपी शर्मा ओलीले साउन २०, २०८१ मा शोले नेपाललाई विश्वमा चिनाउने बताएका थिए।
काठमाडौं । चर्चित नेपाली एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ युट्युबमा रिलिज भएको छ ।
अमेजन प्राइममा सशुल्क हेर्दै आएका दर्शकले अबदेखि नियमितरुपमा ‘वर्ल्ड भ्लग च्यालेन्ज’को युट्युब च्यानलमा शो हेर्न पाउनेछन् ।
शोको पहिलो एपिसोड यसैसाता युट्युबमा रिलिज भएको छ । प्रत्येक साताको शनिबार अपरान्ह ४ बजे दर्शकले सोही च्यानलमा नयाँ एपिसोड हेर्न पाउने निर्माता तथा निर्देशक श्री गुरुङले बताए ।
दर्शकले अमेजन प्राइममा शुल्क तिरेर अहिले पनि सबै सिजन हेर्न पाउनेछन् । निर्माण भएको ४ वर्ष बितेकाले धेरै ढिला नहोस् भनेर धेरैभन्दा धेरै दर्शकमाझ पुग्नको लागि युट्युबमा रिलिज गरिएको गुरुङले जनाए ।
साउन २०, २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले लबिम हलमा आयोजित प्रिमियरमा शो हेर्दै यसले नेपाललाई विश्वमा चिनाउन भूमिका खेल्ने बताएका थिए ।
नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्दै हिमाली क्षेत्रमा जलवायु संकटले ल्याएको असरबारे चेतना जगाउने उद्देश्यले फिल्ममेकर गुरुङले शोको निर्माण तथा निर्देशन गरेका हुन् । नेपालसहित ६ मुलुकका ११ भ्लगरले १२ दिन बिताउँदै सम्पन्न गरेको पदयात्रा र साहसिक गतिविधि यसमा समेटिएको छ ।
अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्क्वायरको ऐतिहासिक एएमसी थिएटरमा पनि शो प्रिमियर गरिएको थियो ।
प्रतिक्रिया 4