
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पिछडा वर्ग महासंघले माइतीघरमा ५ बुँदे माग राख्दै १५९औं दिनको खबरदारी सभा गरेको छ।
- संयुक्त नागरिक पार्टीको विभागले प्रधानमन्त्री केपी शर्मा ओलीको समावेशी विरूद्ध अभिव्यक्ति र बहुविवाह विधेयकको विरोध गरेको छ।
- पिछडा वर्ग महासंघले नेपाल पिछडा वर्ग, दलित संघ र बादी संघबीच भएका सम्झौताहरू लागू गर्न सरकारसँग माग गरेको छ।
२३ साउन, काठमाडौं। नेपाल पिछडा वर्ग महासंघले माइतीघरमा खबरदारी सभा गरेको छ ।
संयुक्त नागरिक पार्टी केन्द्रीय समिति अन्तर्गतको
मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको समावेशी विरूद्धको अभिव्यक्ति, सरकारले ल्याउन लागेको बहुविवाह सम्बन्धी विधेयक र मिटरब्याज पीडितको पक्षमा ऐक्यवद्धता गर्दै खबरदारी सभा आयोजना गरिएको हो।
यसअघि उनीहरूले माइतीघरमा नकाब लगाएर प्रदर्शन गरेका थिए ।
पिछडा वर्ग महासंघले सरकारसँग ५ बुँदे माग राख्दै माइतीघरमा आन्दोलन गरेको आज १५९औ दिन पुगेको छ । उनीहरूले पटक-पटक गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
यसका साथै पटक-पटक नेपाल पिछडा वर्ग, दलित संघ तथा बादी संघ समुदायबीचमा भएका सम्झौताहरू लागु गर्नुपर्ने उनीहरूको माग छ ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4