+
+
Shares

महासंघ अध्यक्ष ढकाल र स्पेन चेम्बर कार्यकारी प्रमुख रेनेबीच भेटवार्ता

भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा बीच आर्थिक सहकार्य र दीर्घकालीन साझेदारीबारे भेटवार्ता भएको छ।
  • अध्यक्ष ढकालले स्पेनसँग सहकार्य गरी नेपाली बजारमा प्रविधि, पूँजी र अनुभव भित्र्याउन निजी क्षेत्र तयार रहेको बताए।
  • स्पेन चेम्बरको प्रस्तावित समझदारीपत्रले व्यापार प्रवर्द्धन, लगानी, साना तथा मझौला उद्योगबीच सहकार्यका लागि आधारशिला बनाउने विश्वास व्यक्त गरिएको छ।

२३ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेनेबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको थियो ।

भेटमा महासंघ अध्यक्ष ढकालले नेपाल–स्पेन सम्बन्धलाई निजी क्षेत्रमार्फत अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्पेनसँग सहकार्य गरी नेपाली बजारमा प्रविधि, पूँजी र अनुभव भित्र्याउन सकिने बताए । अध्यक्ष ढकालले त्यसका लागि निजी क्षेत्र पूर्णरूपमा तयार रहेका धारणा राखे ।

स्पेन चेम्बरको प्रस्तावित समझदारीपत्रको प्रारम्भिक मस्यौदाप्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले साझा दृष्टिकोण र दीर्घकालीन सम्बन्धका लागि आधारशिला बनाउने विश्वास व्यक्त गरे । साथै, उनले समझदारीपत्रको विस्तृत अध्ययनपछि छिट्टै दुवै पक्षले हस्ताक्षर गर्ने प्रतिबद्धता जनाए ।

‘प्रस्तावित यो समझदारीपत्रमा व्यापार प्रवर्द्धन, लगानी, बजारसम्बन्धी जानकारी आदान–प्रदान, प्रतिनिधिमण्डलको सहयोग र साना तथा मझौला उद्योगबीच सहकार्य जस्ता व्यावहारिक पक्ष समेटिएका छन्, जुन सकारात्मक छन्,’ उनले भने ।

यस्तै उनले संयुक्त लगानी, प्राविधिक सहकार्य र ज्ञान साझेदारीका लागि समझदारीपत्र एक सशक्त ल्याटफर्म बन्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले स्पेनिस व्यवसायीलाई नेपालबारे बुझ्न सजिलो हुने र नेपाली व्यवसायीका लागि स्पेनलाई युरोप प्रवेशको ढोका बनाउने आधार यस समझदारीपत्रले तयार पार्ने उल्लेख गरे ।

उनले साना तथा मझौला उद्योगको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै नेपाल–स्पेन दुवै देशमा यी उद्यम अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।

नेपालमा धेरै सकारात्मक नीतिगत परिवर्तन भएको उल्लेख गर्दै उनले यी परिवर्तनले नेपालमा वाह्य लगानीका लागि प्रशस्त अवसर सिर्जना गरेको जानकारी दिए । उनले पर्यटन, पूर्वाधार, जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि प्रशोधन र सूचना प्रविधिजस्ता क्षेत्रमा स्पेनिस लगानीको ठूलो सम्भावना रहेको बताए ।

स्पेन चेम्बरकी कार्यकारी प्रमुख रेनेले नेपालमा लगानीको सम्भावना अत्यन्त आकर्षक रहेको बताउँदै व्यापारिक सहकार्य सशक्त बनाउन इच्छुक रहेको धारणा राखिन् । उनले पर्यटन, प्रविधि, कृषि, नवीकरणीय ऊर्जा र पूर्वाधारमा सम्भाव्यता रहेको उल्लेख गरिन् ।

यस्तै उनले महासंघसँग हुने समझदारीले नेपाल र स्पेनबीचको निजी क्षेत्रीय समन्वय र विश्वासलाई नयाँ उचाइमा पुर्‍याउने धारणा राखिन् ।

भेटका क्रममा दुवै पक्षले आपसी आर्थिक सम्बन्ध थप गहिरो बनाउन संयुक्त पहल आवश्यक रहेको र साझा कार्यक्रम तथा सहकार्यबाट व्यवसायिक समुदाय लाभान्वित हुनेमा विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?