
२४ साउन, काठमाडौं । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा साउन २२ गते राति भिरबाट लडेर मृत्यु भएका व्यक्तिको शव निकालिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शुक्रबार साँझ शव निकालेको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटारका ५२ वर्षीय विप्लव ओझाको बडीमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी धाम जाने क्रममा लडेर मृत्यु भएको थियो ।
उनी बाटोबाट करिब ७०० मिटर लत बिस्नापानी खोल्सामा खसेका थिए । घटनापछि सशस्त्रको त्रिवेणी धाममा मेलाका लागि खटिएको सत्रस्त्र र नेपाल प्रहरीको टोली खटिएको थियो ।
थप मद्दतका लागि सशस्त्रको आश्रित गुल्मबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज खटाइएको थियो । सोही टोलीले खोचबाट शव निकालेको सशस्त्रका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4