+
+
Shares

कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ४७ घाइतेमध्ये ३ जना गम्भीर

शुक्रबार राति ११ बजे भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते ९:०२

२४ साउन, धनगढी । कैलाली जिल्ला कारागारमा फेरि झडप भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए ।

शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उनको त्यही मृत्यु भएको हो ।

मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।

डीएसपी सिंहका अनुसार घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

बिहीबार पनि कारागारमा झडप भएको थियो । उक्त झडपमा ५ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?