+
+
Shares

त्रिवि उपकुलपतिको ढोकामा अखिल क्रान्तिकारीको रिले अनशन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते १०:०२

१८ साउन, काठमाडौं । १७ दिनदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा धर्ना दिइरहेको छ मओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले रिले अनशन पनि सुरु गरेको छ ।

दुई साता बढी धर्ना बस्दा पनि विश्वविद्यालय प्रशासनले वास्तै नगरेपछि क्रान्तिकारीले धर्नासँगै रिले अनशन सुरु गरेको जनाएको छ ।

क्रान्तिकारीले शुल्क शोषणविरुद्ध धर्ना दिएको बताएको छ । चार वटा सेल्फ सस्टेन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभेर पनि शुल्क नघटाइएको क्रान्तिकारीमा आवद्ध विद्यार्थीको गुनासो छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । तर शुल्क भने पुरानै शैलीमा उठाएकाले घटाउन माग गर्दै विद्यार्थीले धर्ना दिएका हुन् ।

विद्यार्थी लामो समयदेखि धर्नामा बसेपनि त्रिवि पदाधिकारीले वार्तामा बोलाएका छैनन् । उपकुलपति अर्याल कार्यालय आउनै छोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?